बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति
कञ्चनपुर । अविरल वर्षापछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति पुगेको छ । चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन् भने भौतिक संरचनामा क्षति पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर चारवटा लघुना र एक चित्तल मरेको अवस्थामा भेटिएको उनले बताए । “चौधर नदीको बाढी निकुञ्जमा पस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन् । केही वन्यजन्तु मरेको अवस्थामा फेला पारेका छन्”, ऐरले भने ।
उनकानुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एकदर्जन बढी काठे पुल र पक्की पुल बगेका छन् । “पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ”, संरक्षण अधिकृत ऐरले भने, “जसकारण अनुगमन तथा गस्ती गर्न समस्या भएको छ ।” पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन । महाकालीको बाढी निकुञ्जभित्र नपसेकाले बाह्रसिङ्गाको बासस्थानमा भने क्षति नभएको निकुञ्जले जनाएको छ ।
बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा भने क्षति पुर्याएको छ। यसका साथै निकुञ्ज कार्यालय र निवास डुबानमा परेपछि कार्यालयका फाइलसमेत भिजेका संरक्षण अधिकृत ऐरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण