सिमलताल पहिरो अपडेट : फेला परेका १७ शवमध्ये १२ को सनाखत (विवरणसहित)
बुधबार, ०२ साउन २०८१, ०८ : ३९
काठमाडौँ । ६ दिनअघि चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये बुधबार बिहानसम्म १२ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ७ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । एक जनाको बस यकिन भएको छैन ।
उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण