ट्रम्पमाथि अर्को आक्रमणको षडयन्त्र भएको हो ?

वाशिङटन डीसी । शनिबार एउटा चुनावी र्यालीमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घातक हमला भयो । उनीमाथि पुनः आक्रमणको खतरा हटेको छैन । मिलवाकी सहरमा रिपब्लिकन पार्टीको महाधिवेशन स्थलबाहिर मंगलबार प्रहरीले २१ वर्षीय युवकलाई एके ४७ सहित पक्राउ गरे । त्यसको केही बेरपछि ४३ वर्षका स्यामुएल शार्प नाम गरेका व्यक्ति दुवै हातमा चक्कु बोकेको अवस्थामा भेटिए ।
उनले एक व्यक्तिमाथि आक्रमण समेत गरे । प्रहरीले तुरुन्तै उनीमाथि गोली चलाए । यस क्रममा शार्पको मृत्यु भयो । यी दुवै घटनापछि अमेरिकी सतर्क बनेको छ । दुवै घटना महाधिवेशन स्थल बाहिर भएका थिए । यो महाधिवेशनमा औपचारिक रूपमा ट्रम्पलाई पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गरिएको छ ।
इरानमा रचिएको थियो ट्रम्पलाई मार्ने षडयन्त्र
ट्रम्पमाथि जुलाई १३ मा भएको हमलाको अनुसन्धानका क्रममा ट्रम्पको हत्या गर्ने षड्यन्त्र बनाइएको कुरा केही साताअघि इरानबाट अमेरिकी अधिकारीहरूले सूचना पाएका थिए । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार गुप्तचर एजेन्सीले गुप्त सूचना पाएलगत्तै ट्रम्पको सुरक्षा बढाएको थियो । ट्रम्पमाथि आक्रमण गर्ने थोमस यस षड्यन्त्रको हिस्सा थिए वा थिएनन् भन्ने कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।
ट्रम्पमाथि हमला गर्ने षडयन्त्रको सूचना पाएपछि रिपब्लिकन पार्टीलाई विभिन्न राज्यमा लगातार र्याली र चुनावी अभियान सञ्चालनबारे चेतावनी दिइएको दाबी अमेरिकी गुप्तचर एजेन्सीले गरेको छ । तर यति जानकारी पाउँदा समेत सेक्रेट सर्भिसले ट्रम्पमाथि हमला रोक्न सकेन । पहिला नै हमलाको आशङ्का हुँदाहुँदै ट्रम्पको सुरक्षामा कसरी गल्ती भयो भन्ने प्रश्न सञ्चारमाध्यमले उठाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक