चोटग्रस्त मेस्सीले मियामीका दुई खेल गुमाउने
बुधबार, ०२ साउन २०८१, १३ : ४१
फ्लोरिडा । कोपा अमेरिकाको फाइनल खेलमा चोटग्रस्त बनेका लियोनेल मेस्सीले इन्टर मियामीका दुई खेल गुमाउने भएका छन् । आठ पटकको बालोन डी ओर विजेता खेलाडीलाई कोपा अमेरिका २०२४ को फाइनल खेलमा गम्भीर रूपमा चोट लागेको थियो । फ्लोरिडाको हार्डरक स्टेडियममा भएको खेलमा मैदानमा ढलेका उनले रुँदै मैदान छाड्नुपरेको थियो ।
यसका बाबजुद अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । खेलका दौरान मेस्सीको खुट्टा सुन्निएको तस्बिर र भिडियोमा देखिएको थियो । मेस्सीले चाँडै मैदानमा फर्किने बताए पनि यसको मिति भने तय गरिएको छैन । उनले जुलाई १९ र जुलाई २० मा हुने मियामीका दुई खेल र जुलाई २४ मा हुने एमएलएस अल स्टार खेल गुमाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण