इजरायली आक्रमणमा ८१ जनाको मृत्यु
बिहीबार, ०३ साउन २०८१, १२ : ३०
रफाह । इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ ।
गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी नागरिकहरू बसिरहेका कम्तीमा ८ ओटा विद्यालयमाथि आक्रमण गरेको प्यालेष्टिनी शरणार्थीका लागि राहत कार्य गर्ने संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले भनेका छन् ।
गाजामा इजरायलको युद्धमा अहिलेसम्म कम्तीमा ३८ हजार ७९४ जनाको मृत्यु भएको छ भने ८९ हजार ३६४ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण