साउन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौँ । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार साउन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् । सो दिनसहित लगातार साउन ७ र ८ गते पनि बैठक बस्नेछ । त्यसपछि भने ९, १० र ११ गते संसदीय समितिको बैठक बस्नका लागि समय प्रदान गरिने जानकारी दिँदै बर्तौलाले १३, १४ र १५ गते फेरि संसद् बैठक बस्नेगरी बिहीबारको बैठकमा समझदारी जुटाइएको बताए ।
यस्तै ६ वटा वैठकमा कुन विधेयकहरु कुन दिन पेश गर्ने भनेर प्राथमिकता पनि तय गरिएको उनले बताए । शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णयलाई अनुमोदन गरेर अघि बढिने उनको भनाइ छ । ‘भोलि १ बजे कार्यव्यवस्थाको बैठक बस्छ । त्यो बैठकले निर्णयहरु अनुमोदन गर्छौँ’, उनले भने ।
यस्तै समितिका २ सभापति मन्त्री भइसके पनि रिक्त रहेका पदमा चाँडो पूर्णता दिन सम्बन्धित दललाई आग्रह गर्नेबारे पनि बैठकमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा
-
शक्ति बस्नेत बोल्दै गर्दा सूर्य थापाको नियमापत्ति
-
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ
-
सदनभित्र पलेँटी कसेर बसे रास्वपाका सांसद्, तस्बिरमा हेर्नुहोस्