व्यवसायीको निराशा : बजेटमा नभएको व्यवस्था मौद्रिक नीतिले कसरी गर्छ ?
काठमाडौँ । उद्योग व्यवसायीले मौद्रिक नीतिप्रति त्यति ठुलो अपेक्षा आफूहरूलाई नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धी विचार विमर्श कार्यक्रममा बोल्दै नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बजेटले नै निजी क्षेत्रका लागि खास कार्यक्रम ल्याउन नसकेको भन्दै मौद्रिक नीतिले केही गर्न नसक्ने ठोकुवा गरे ।
‘सरकार परिवर्तन भएको छ । नियमित प्रक्रिया नयाँ मन्त्री, प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन गइयो । उहाँहरूलाई भेट्दा अब एकाएक मुलुक कायापलट हुन्छ, आर्थिक सामाजिक राजनीतिक सुधारमा ६ महिनामा नै उथलपुथल हुन्छ जस्तो धारणा राख्नुभयो । तर हुने चाहिँ केही होइन’, पाण्डेले भने, ‘जब सरकारको वित्त नीतिले नै कार्यक्रम अघि सारेको छैन भने कार्यान्वयनको पक्ष मौद्रिक नीतिले के गर्न सक्छ र ?’
व्यवसायी पाण्डेले अवस्था बुझेर उत्पादन र व्यवसायीमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण