सभामुख घिमिरेले छलफलका लागि बोलाए सहरी विकासमन्त्री सिंहलाई
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई छलफलका लागि बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे मन्त्रीसहित मन्त्रालयका सचिव, भवनका महानिर्देशक, संसद् भवन निर्माण आयोजनाका पदाधिकारीलाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
नयाँ संसद् भवन निर्माणको काम धिमा गतिमा भएपछि असन्तुष्ट रहेका सभामुखले सहरी विकास मन्त्री, मन्त्रालय अन्तर्गतका निकायको ध्यानाकर्षण गराउन लागेका हुन् । केही दिनअघि संसद् भवन निर्माणको अवलोकनका लागि पुगेका सभामुख कार्य प्रगतिदेखि असन्तुष्ट रहेका दिए ।
प्रेस सल्लाहकार अधिकारीले भने– ‘नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइ लगायतका बारेमा छलफलका लागि सहरी विकास मन्त्रीलाई बोलाउनुभएको हो । स्थलगत अवलोकनका लागि केही दिन अघि जानुभएको थियो । ६ महिनाअघि भवनको अवस्था जस्तो छ अहिले पनि त्यस्तै रहेको छ । भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखज्यूको चासो रहेको छ ।’
नयाँ सरकार, नयाँ मन्त्री आएको हुनाले सभामुख घिमिरेले ध्यानाकर्षण गराउन लागेका हुन । सहरी विकास मन्त्रालय मातहतमा सिंहदरबार परिसरमा नयाँ सङ्घीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सम्पन्न हुन नसक्दा नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् बैठक सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण