कार्यविधि बमोजिम सेवा सुरु गर्न संघीय अस्पताललाई मन्त्रालयको निर्देशन
शुक्रबार, ०४ साउन २०८१, १५ : ५७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघअन्तर्गतका अस्पताललाई सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ अनुसार सेवा सुरु गर्न निर्देशन दिएको छ ।
शुक्रबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न निर्देशन दिएको हो । सो कार्यविधिको ढाँचा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
मन्त्रालय र उपत्यकाका संघीय अस्पतालहरूबिच भएको छलफल अनुसार सो कार्यविधि उपयुक्त परिमार्जन गर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण