निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको शिक्षक सरुवा निर्देशिका खारेज गर्न माग
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवासम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको छ । नवनियुक्त मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यसअघिको शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको निर्देशिका खारेज गर्न माग गरेको हो ।
महासंघले उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग गरेको हो ।
निवर्तमान शिक्षामन्त्री श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गर्दै शिक्षकको सरुवाको लागि विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याएकी थिइन् । महासंघले सुरुदेखि नै उक्त प्रावधानको विरोध गर्दै आएको थियो । तर, श्रेष्ठले शिक्षकको सरुवाका लागि विद्यालयका प्रधानाध्यापकलाई जिम्मेवारी बनाएको दाबी गर्दै आएकी थिइन् । प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिप्रति नै उत्तरदायी हुने उनको तर्क थियो ।
महासंघले विगतमा सामुदायिक विद्यालयलाई कमजोर बनाउने उद्देश्यका साथ समुदाय र अभिभावकको जिम्मेवारी र स्वामित्वबाट विद्यालय टाढा बनाउन भएका निर्णय र निर्देशिकाहरू बदर गर्न समेत माग गरेको छ । शिक्षाको सुधारका लागि भन्दै देशभरका करिब २७ हजार विद्यालय व्यवस्थापन समितिहरूको तर्फबाट ध्यानाकर्षण गराएको छ ।
महासंघले संसदमा प्रक्रियामा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई अभिभावक मैत्री, समुदायमैत्री बनाउँदै विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको आधिकारिक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार र जबाफदेही बनाउने कानुनी प्रबन्ध गरी यथाशक्य संसदबाट पारित गर्नुपर्ने समेत माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण