सिरहामा माओवादी कार्यकर्ताको घाँटी रेटेर हत्या
सिरहा । सिरहाका दुई छुट्टा–छुट्टै स्थानमा एक युवक र एक बालकको शव फेला परेको छ ।
कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए ।
घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा शुक्रवार राती उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।
यता, माओवादी केन्द्रले यादव आफ्ना सक्रिय कार्यकता रहेको जनाउँदै हत्यामा संलग्नको चाडो खोजी गरी कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।
त्यसैगरी, सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया गाउँ नजिकैको पोखरीमा शनिबार बिहान सालनालसहितको नवजात शिशुको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेश सुवेदीका अनुसार पोखरीमा सालनालसहित भेटिएको खवर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक सुवेदीले घटनास्थल प्रकृति मुचुल्का उठाएर मृत नवजात शिशुको शव पोष्टमार्टमका लागि लहान पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ लिएपछि शाक्यको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्छु
-
नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छ : अमेरिकी राजदूत थम्पसन
-
इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा (मतपरिणामसहित)
-
बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि
-
ट्रेलरमा यस्तो देखियो ‘खजुरे ब्रो’
-
नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर