सिरहामा माओवादी कार्यकर्ताको घाँटी रेटेर हत्या
सिरहा । सिरहाका दुई छुट्टा–छुट्टै स्थानमा एक युवक र एक बालकको शव फेला परेको छ ।
कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए ।
घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा शुक्रवार राती उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।
यता, माओवादी केन्द्रले यादव आफ्ना सक्रिय कार्यकता रहेको जनाउँदै हत्यामा संलग्नको चाडो खोजी गरी कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।
त्यसैगरी, सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया गाउँ नजिकैको पोखरीमा शनिबार बिहान सालनालसहितको नवजात शिशुको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेश सुवेदीका अनुसार पोखरीमा सालनालसहित भेटिएको खवर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक सुवेदीले घटनास्थल प्रकृति मुचुल्का उठाएर मृत नवजात शिशुको शव पोष्टमार्टमका लागि लहान पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण