पाहुना आएका भिनाजुको हत्या
शनिबार, ०५ साउन २०८१, १८ : २५
सोलुखुम्बु । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । थुलुङ दुधकोशी गाउँपालिका-१ नेले बस्ने ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरिएको हो ।
हत्या गरेको अभियोगमा सोही गाउँपालिका-२ देविस्थान बस्ने ४५ वर्षीय पूर्ण बहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण