न्युरोडमा फुटपाथ विस्तारविरुद्ध वडाध्यक्षले थाले सडकबाटै काम, तस्बिरहरू
काठमाडौँ । न्युरोडमा काठमाडौँ महानगरपालिकाले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनले विरोध गर्दै सडकबाटै कामकाज थालेका छन् ।

केही स्थानीयलाई समेत साथमा लिएर उनले फुटपाथ विस्तारको विरोध गर्दै आएका छन् ।
_0TecaHi1Lh.jpg)
फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पूर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैंक जाने सडकमा धर्नाको लागि बनाएको पालभित्रबाट सञ्चालन गरिने महर्जनले बताए ।
_3CbhoQQLFl.jpg)
त्यसका लागि उनले त्यहीँ कुर्सी टेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन् ।
_LChYPhzDpi.jpg)
तर, महानगरपालिकाले अहिले फुटपाथ विस्तार गर्न लागेको भने वडा नम्बर २४ को भूभाग हो ।
_qMoo8EV34A.jpg)
मेयर बालेनले फुटपाथ विस्तारको काम वडा नम्बर २४मा भएकाले वडा नम्बर २२का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताउँदै आएका छन् ।
तर, उनले स्थानीयको समेत साथ लिएर निरन्तर न्युरोडमा भइरहेको फुटपाथ विस्तारको कामको विरोध गर्दै आएका छन् भने शुक्रबार बालेनको पुत्ला समेत दहन भएको थियो ।
_pmuE4w45wI.jpg)
_g9XxpVQ3DN.jpg)
_FwmuuNQQl6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण