केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा तीन यात्रीको मृत्यु
नयाँ दिल्ली । भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको र पाँच जना घाइते भएको भन्दै प्रेस ट्रस्ट अफ इन्डियाले समाचार छापेको छ ।
घटनामा थप कति धनजनको क्षति भयो भनेर स्पष्ट जानकारी आउन बाँकी छ । राहत र उद्धार कार्य जारी रहेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि गौरीकुन्ड अस्पताल लगिएको छ ।
घटना बिहान सात बजेको भएको बताइएको छ । घटनाको सूचना पाउने बित्तिकै प्रहरी प्रशासनको टोली घटनास्थलमा पुगेका थिए । गौरीकुन्ड–केदारनाथ पैदयमार्ग १६ किमी लामो छ । वर्षात्को मौसममा पहाडबाट ढुङ्गा खस्ने, पहिरो झर्ने जस्ता दुर्घटना भइरहन्छन् ।
उत्तरखन्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा एउटा पोस्ट गर्दै राहत र बचाउ कार्य जारी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण