उद्योग,वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्ययोजना बन्दै, मन्त्रालयले थाल्यो तयारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस क्षेत्रको सुधारको लागि कार्य योजना बनाउने भएको छ । मन्त्रालयले समग्र उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारको कार्य योजना बनाउने भएको हो ।
आज मन्त्रालयमा आयोजित निजी क्षेत्रसँगको छलफलमा बोल्दै उद्योग मन्त्री दामोदर भण्डारीले कार्य योजना निर्माण गरेर सोही बमोजिम कार्य गर्ने जानकारी दिए ।
एक महिनाभित्र परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती रहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती मन्त्रालय समक्ष रहेको मन्त्री भण्डारीले बताए ।
त्यसका लागि सबै निकायसँग छलफल सुरु गरेको मन्त्री भण्डारीकाे भनाइ छ । छलफलको पहिलो चरणमा निजी क्षेत्रका छाता सङ्गठन, पूर्व मन्त्री र पूर्व कर्मचारीसँग चरणबद्ध छलफल गरिने भण्डारीले बताए ।
सबैसँग छलफल सकेपछि मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्य योजना बनाउने छ । सुधार कार्य योजना बनाएर सोही अनुरूप मन्त्रालय अघि बढ्ने मन्त्री भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण