बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘द भ्वाईसको’ डिजिटल अडिसन सम्पन्न

आइतबार, २३ वैशाख २०७५, १२ : १७
आइतबार, २३ वैशाख २०७५

 
काठमाडौं – बिश्वका १९१ राष्ट्रमा सफल सिङगिङ रियालिटी सो ‘द भ्वाईस’को नेपालमा डिजिटल अडिसन सकिएको छ । कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले इटहरीमा पत्रकार सम्मेलन गर्दे कार्यक्रमबारे थप जानकारी दिएके छ । 

पत्रकार सम्मेलनका क्रममा अव ब्लाईन्ड अडिसन हुने र सो अडिसनमा समावेश हुन सफल प्रतिस्पर्धीहरुको जीवनीका बारेमा श्रब्य दृस्य सामाग्री निर्माण गर्न जानकारी दिइयो ।

ब्लाईन्ड अडिसनमा सहभागी हुन सफल प्रतिष्पर्धीलाई जज यस प्रतियोगितामा   कोच(प्रशिक्षक) भनिएको छ । कोचले प्रत्यक्ष सुन्न र आफ्नै समुहमा समावेश गर्न प्रयास गर्ने बताईएको छ ।

कार्यक्रममा कोच अग्रज गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनेछन् । कार्यक्रमलाई नेपाल आईडल सिजन एकका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । 

कार्यक्रममा प्रतियोगीताका बिजेता २५लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्ट्याक्ट एवं वल्र्ड टुर अवसर प्राप्त गर्न आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप