आगामी फिल्ममा यी पाकिस्तानी अभिनेत्रीसँग रोमान्स गर्दै प्रभास
नयाँ दिल्ली । साउथ सुपरस्टार प्रभास यतिबेला आफ्नो फिल्म ‘कल्की २८९८ एडी’को सफलताको मजा लिइरहेका छन् । नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । प्रभास छिटै आफ्नो अर्को फिल्मको तयारीमा व्यस्त हुनेछन् ।
प्रभासले मारुतीको निर्देशनमा बन्न लागेको हरर कमेडी फिल्म ‘द राजा साब’मा काम गर्दैछन् । साथै प्रभासले हनु राघवपुडीसँग नयाँ फिल्मका लागि सहकार्य गरेको खबर आइरहेको छ । खबरका अनुसार हनु राघवपुडीसँगको प्रभासको नयाँ फिल्म पिरियड रोमान्टिक एक्सन ड्रामा हुनेछ । यतिबेला सामाजिक सञ्जालमा फिल्ममा मुख्य नायिकाको भूमिकामा रहेकी नायिकाको चर्चा भइरहेको छ । निर्माताहरूले फिल्ममा रोमाञ्सको तड्का लगाउने अभिनेत्री चयन गरेको बताइएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्ममा प्रभासको अपोजिटमा पाकिस्तानी अभिनेत्री सजल अलीलाई कास्ट गरिने छ । सजलले यसअघि दिवंगत बलिउड अभिनेत्री श्रीदेवीको फिल्म ‘मम’मा काम गरिसकेकी छिन् । सो फिल्ममा उनले श्रीदेवीको छोरीको भूमिका निभाएकी थिइन् । प्रभासको आगामी फिल्ममा सजलको कास्टिङको खबर पुष्टि हुन बाँकी नै छ । तर यो खबरले यतिबेला निकै चर्चा बटुलीरहेको छ ।
मैत्री मूभि मेकर्सले यो फिल्ममा ठुलो लगानी गर्दैछ । फिल्म छिट्टै प्रदर्शनमा आउने बताइएको छ । सीता रामममा सफल सहकार्य पछि संगीतकार विशाल चन्द्रशेखर यस फिल्मका लागि हनु राघवपुडीसँग फेरि सहकार्य गर्ने बताइएको छ । फिल्म स्वतन्त्रतापूर्वक रजाकार आन्दोलनमा आधारित हुने बताइएको छ । फिल्मको छायाङ्कन यसै वर्षबाट सुरु हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण