विद्युत् महसुलबारे प्रधानमन्त्रीले झुट बोल्नुभयो : सांसद दाहाल
काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विद्युत् महसुलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमै झुट बोलेको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले विद्युत् महसुल नतिर्ने तर अकुत मुनाफा कमाउने ६१ वटा उद्योगले २२ अर्ब २६ करोड तिर्नुपर्ने भएपनि प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिएको बताए ।
‘पहिलो र पछिल्लो अवधिको १४ अर्ब अदालतमा मुद्दा विचाराधीन छ । बाकी ८ अर्ब २६ करोड उठाउन आदेश र निर्णय गरेको छ । तर अटेर गरेपछि विद्युत् प्राधिकरणले लाइन काटेको छ’, उनले भने, ‘हिजो रोष्ट्रमबाटै प्रधानमन्त्रीले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्प्रयत्न गर्नुभयो ।’
उनले सबै निर्णय र फैसलालाई अवज्ञा गर्दै बिचौलियाको प्रभावमा विद्युत् लाइन जोड्ने र मिनाहा गर्ने प्रधानमन्त्रीले घोषणा गरेकोमा आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण