रिया भन्छिन्– सुशान्तको मृत्युपछि मलाई बोक्सी भनियो
मुम्बई । दिवङ्गत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युमा रिया चक्रवर्तीलाई जिम्मेवार ठहराइएको थियो । सुशान्त सिंहको आत्महत्यापछि लागु औषध मुद्दामा ८ सेप्टेम्बर २०२० मा रियालाई पक्राउ गरिएको थियो । उनलाई २८ दिन भायकुला जेलमा राखियो।
हालै रियाले यी घटनाबारे आफ्नो धारणा राखेकी छिन् । उनले अब फिल्ममा काम नगर्ने बताइन् । उनी अहिले मोटिभेसनल स्पिकिङ जस्ता काम गरेर पैसा कमाउँछिन्।
आज पनि कतिपयले आफूले कालो जादु गर्छिन् भन्ने सोच्ने जबकि कतिपयले उनी साहसी महिला हुन् भन्ने विश्वास गर्ने रियाले बताइन् । शनिबार रियाले आफ्नो नयाँ पोडकास्ट च्याप्टर २ लन्च गरिन् । पोडकास्टले उनको जीवनको वर्तमान अवस्था झल्काउँछ। रियाको यो पोडकास्टमा अभिनेत्री सुस्मिता सेन अतिथिको रूपमा आएकी थिइन् ।
उनको उपस्थितिमा रियाले भनिन्– अहिले म जीविकोपार्जनका लागि के गर्छु भन्ने भ्रममा मानिसहरू परेका छन् । म फिल्ममा अभिनय गर्दिन । म मोटिभेसनल स्पिकिङ जस्ता काम गरेर पैसा कमाउँदैछु।
रियाले थप भनिन्, ‘मेरो अध्याय १ सबैलाई थाहा छ । मैले जीवनका विभिन्न चरण पार गरेकी छु । अब म पुनर्जन्म पाएको महसुस गर्छु।’
‘मानिसलाई आफ्नो व्यक्तित्वमा समस्या हुन्छ, जुन उनीहरू आफैँले बनाएका हुन्,’ उनले भनिन्, ‘कतिपयलाई लाग्छ– मैले केही गरेको हुँ, म बोक्सी हुँ, कालो जादु गर्छिन् । जबकि कतिपयलाई लाग्छ– म बलियो केटी हुँ, साहसी छु ।’
‘तर, अब यी कुराले फरक पार्नु हुँदैन भन्ने बुझेकी छु । तपाईंलाई माया गर्ने मानिसहरू महान् छन्। तपाईंलाई घृणा गर्नेहरू पनि ठिक छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण