पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग
सोमबार, ०७ साउन २०८१, १५ : ४०

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् ।
मिश्रले मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनले काशी विश्वनाथको समेत मुक्ति सार्वजनिक भएको भन्दै पशुपतिमा रहेको पञ्चमुखी शिव भगवानको मूर्ति विश्वमा कहीँ पनि नभएको बताए । उनले उक्त मूर्ति सार्वजनिक गर्नसके त्यसले पर्यटनको विकासमा ठुलो मद्दत गर्ने बताए ।
मिश्रले सरकारले माछा, मासु, दुध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या
-
उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको मृत्यु
-
सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि...
-
आलोचनाबिच ट्रम्पले स्वीकारे कतारले उपहारमा दिएको विमान
-
शक्तिशाली भूकम्पपछि ग्रिसमा सुनामीको चेतावनी
-
रविलाई रिहा गर्न माग गर्दै दर्ता भएको प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ