इजरायलले ८ सयको सट्टा २ हजार जना केयरगिभर लैजाने
काठमाडौँ । इजरायलले नेपालबाट दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ । हाल ८ सय जना लैजानेगरी आवेदन प्रक्रिया अघि बढेको छ । तर, अब इजरायलले ८ सयको सट्टा दुई हजार जना लैजाने सहमति भएको हो ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदेरबिच भएको भेटवार्तामा उक्त सहमति भएको छ ।
इजरायलले हाल ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक गरी ८ सय जना नेपाली श्रमिकलाई इजरायल लैजाने भनेको थियो । तर, सोमबार भेटपछि उक्त सङ्ख्या बढाएर एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जना लैजान सकिनेगरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।
थप लैजाने भनिएका कामदारहरूको हकमा समेत अहिले आह्वान भएको आवेदन प्रक्रियाबाटै अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । हाल ८ सय जनाका लागि ६ हजारभन्दा बढीको आवेदन परेको मन्त्रालयले जनाएको छ । तिनैबाट छनौट गरेर छनोट भएका उम्मेदवारहरूलाई लैजानेगरी दुई पक्षबिच सहमति भएको हो ।
भेटको क्रममा आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरू इजरायल लैजान सकिने बारेमा पनि छलफल भएको थियो । भेटका अवसरमा मन्त्री भण्डारीले नेपाल इजरायलबिचको श्रम सम्बन्धका बारेमा विचार व्यक्त गर्दै इजरायल प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका विपिन जोशीका विषयमा समेत चासो व्यक्त गरेका थिए । उनको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा पहल गरिदिन मन्त्री भण्डारीले अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण