पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ
त्रिवेणी । रुकुम पश्चिममा लागुऔषध अफिससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१४ छेपारेबाट सल्यान कुमाख गाउँपालिका–५ का ३२ वर्षे मदनप्रकाश गिरीलाई पक्राउ परेका हुन् ।
छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकचाँचका क्रममा पाँच किलो पाँच सय ४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे१क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सिटको मुनी चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो ।
चालक गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण