ओलम्पिक र महिला सहभागिता : पेरिससँग जोडिएको यो संयोग
काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । ओलम्पिक खेलकुदको ३३औँ संस्करण आगामी शुक्रबार फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदैछ ।
अगस्त ११ तारिखसम्म चल्ने पेरिस ओलम्पिकमा दुई सय ६ राष्ट्रका १० हजार सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को निलम्बनमा परेका कारण रुस र बेलारुस भने पेरिस ओलम्पिकमा सहभागी छैनन् ।
पेरिस ओलम्पिकमा ३२ वटा खेलको तीन सय २९ स्पर्धा समावेश गरिएको छ । ओलम्पिक खेलकुदको इतिहासमा पहिलो पटक उद्घाटन समारोह नदीमा आयोजना हुने भएको छ ।
ओलम्पिक खेलकुदको लामो इतिहासमा पेरिस सहरसँग एउटा रमाइलो संयोग पनि जोडिएको छ । आधुनिक ओलम्पिकको पहिलो संस्करण सन् १८९६ मा ग्रिसको एथेन्समा आयोजना भएको थियो ।
ओलम्पिकको पहिलो संस्करणमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गरेका थिए । त्यसको चार वर्षपछि सन् १९०० मा ओलम्पिकको दोस्रो संस्करण फ्रान्सको पेरिसमा आयोजना भएको थियो ।
ओलम्पिक खेलकुदको त्यो संस्करणमा पहिलो पटक महिला खेलाडीले पनि सहभागिता जनाएका थिए । त्यो ओलम्पिकमा कुल नौ सय ९७ खेलाडीले भाग लिएका थिए । त्यसमध्ये २२ जना महिला थिए ।
त्यो ओलम्पिकमा महिला खेलाडीले टेनिस, सेलिङलगायतका विभिन्न पाँचवटा स्पर्धामा भाग लिएका थिए । खेलकुदमा लैङ्गिक विभेद हटाउने उद्देश्यले महिला खेलाडीलाई पनि समावेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण