पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई कुट्ने धम्की दिएको आरोप
विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ । टेलिफोनबाट उक्त धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरे । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनबारे नोटिस गरेको छु । एसपी साबसँग पनि कुरा भएको छ । उहाँलाई शान्ति सुरक्षा दिने कुरामा हामी प्रतिबद्ध छौँ ।’
नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए । भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण