समुद्रको १३ हजार फिट गहिराइमा वैज्ञानिकहरूले अक्सिजन बनिरहेको फेला पारे
वासिङ्टन डिसी । वैज्ञानिकहरूले समुद्र सतहभन्दा १३ हजार १०० फिटको गहिराइमा अक्सिजन बनिरहेको तथ्य फेला पारेका छन् । उज्यालो नै नपुग्ने ठाउँमा अक्सिजन बनेको देखेर वैज्ञानिकहरू पनि छक्क परेका छन् । सेन्सर रिडिङले समुद्रको सो सतहमा अक्सिजन बनेको देखाएको थियो । सुरुमा त ती सेन्सर नै बिग्रिएर त्यस्तो देखायो होला भनेर सेन्सर बनाउने कम्पनीलाई सेन्सर फिर्ता दिइयो । तर कम्पनीले जाँच गर्दा हरेक पटक सेन्सरले राम्रोसँग काम गरिरहेको पाइयो ।
यसअघिका अध्ययनहरूमा गहिरा समुद्रको पिँधमा बस्ने जीवहरूले अक्सिजन खपत मात्रै गर्ने पाइएको थियो । तर अहिले समुद्र वैज्ञानिक एन्ड्रिउ स्वीटम्यानको अनुसन्धान समूहले यो धारणालाई चुनौती दिएका छन् । समुद्रमा फोटोसेन्थेसिस बिनै अक्सिजन उत्पादन भएको पाइएको छ । अँध्यारोमा अक्सिजन बनेकोले यसलाई ‘अँध्यारो’ अक्सिजनको नाम दिइएको छ । यो अध्ययनको प्रतिवेदन सोमबार नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भइसकेको छ । यसले समुद्रका गहिराइबारे कति धेरै कुरा अझै पनि मान्छेका लागि अज्ञात रहेछ भन्ने देखाउँछ ।
स्वीटम्यानले प्रशान्त महासागरमा ४ हजार माइलसम्म फैलिएको क्लेरिओन–क्लिपेर्टन क्षेत्रको कयौँ स्थानमा एक दशकसम्म बारम्बार यो घटना देखे । अक्सिजन ठ्याक्कै कसरी बनिरहेको छ भन्ने कुरा बुझ्न उनको टोलीले समुद्रको पिँधको लेउ, पानी र बहुधात्विक पिन्डको नमुना पनि प्रयोगशालामा ल्याएका थिए । अँध्यारोमा अक्सिजन कसरी उत्पादन हुन्छ र यसले समुद्रको पिँधको पर्यावरणमा कस्तो भूमिका खेल्छ भन्नेबारे कयौँ प्रश्न अनुत्तरित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण