२२ बालबालिकाले गाए ‘सारंग’ को 'चिसो बतास'
काठमाडौँ । प्रशान्त तामाङ निर्देशक रहेको फिल्म ‘सारंग’काे ‘चिसो बतास’ बोलको गीत २२ जना बालबालिकाले स्वरमा रेकर्ड गरिएको छ । डिपी खनालले शब्द रहेको गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान २२ बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ ।
फिल्मको अर्काे एउटा गीत ‘चोली तुनामा’ भने शान्तिश्री परियार र साइराजले स्वर दिएका छन् । डिपी खनालकै शब्द रहेको गीतमा संगीत शंकर थापा स्माइलको छ । बाल मनोबिज्ञान तथा बालअधिकारको विषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको हाे । गीत एकदमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङले बताए ।
बैशाख २ गतेबाट सुटिङ थालिएको फिल्मको पहिलो चरणको सुटिङ सकिएको छ । बाँकी छायांकन केही दिनमै हुनेछ । फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन् । मनोरञ्जनका साथै समाजीक सन्देशसमेत प्रस्तुत गरिने फिल्मको स्क्रिप्ट निर्देशक तामाङ आफैले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण