बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए
बुधबार, ०९ साउन २०८१, १७ : ०१
काठमाडौँ । बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए ।
ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी हुन् ।
बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ । जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण