प्रदेश सरकार
बागमती प्रदेशमा ९ मन्त्री नियुक्त, लिए शपथ
बुधबार, ०९ साउन २०८१, १७ : ०४
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त ९ जना मन्त्रीलाई शपथ ग्रहण गरेका हुन् ।
एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदुकुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण