पत्रकारलाई बाहिर निकालेर प्रधानको सुनुवाइ
बुधबार, ०९ साउन २०८१, १४ : ३७
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा बुधबार सुनुवाइ भएको छ । समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन् ।
‘मेरो बारेमा अवाञ्छित रूपमा दुराग्रह राखेर आरोप लगाइएको छ, जुन सत्य होइन’, प्रधानले भने, ‘अदालतमा गएर प्रमाण दिन नसकेको स्वीकार गर्ने अनि कानुनी रूपमा कमजोर भएको विषयलाई सुनुवाइ हुन लागेपछि समितिमा दुरासय राखेर उजुरी दिएकाले तपाईहरूको विवेकमा छोडिदिन्छु ।’
बैठकमा प्रधानले आफ्नो कुरा राखिसकेपछि समितिमा रिपोर्टिङमा गएका पत्रकारहरूलाई बाहिर निकालिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण