जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने, ‘पाइलट भाग्यले बाँचे’
काठमाडौँ । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । १९ जना सवार विमान पोखराको लागि उडान भर्ने क्रममा बुधबार दुर्घटनामा परेको हो ।
विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरुमा विमान बंकरमा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा भएर खाल्डोमा खसेको जिकिर गरे ।
उनले भने, ‘जहाज पहिले नै भुइँमा हिट भइसकेको थियो होला त्यसपछि भित्तामा ठोक्किएर भइसकेपछि जहाजमा आगलागी भयो, घिस्रिने क्रममा जहाजको ककपिट एयर डाइनेस्टीको कन्टेनरमा ठोकियो । कन्टेनरलाई घिसारेर तल पुर्यायो । जहाजको एक भाग यसैमा अड्कियो । अर्को भाग उछिट्टिएर अझै पर पुग्यो । दुवै ठाउँमा ठुलो आगलागी भयो, केही बाच्ने अवस्था थिएन तर पाइलट भाग्यले बाँचे । ’
साथै उनले यस्ता घटनाहरूमा सरकारले ध्यान दिनुपर्ने बताए । समयमै उद्धार भए पनि सरकार यस्ता घटनामा जहिले कमजोर रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण