जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने, ‘पाइलट भाग्यले बाँचे’

काठमाडौँ । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । १९ जना सवार विमान पोखराको लागि उडान भर्ने क्रममा बुधबार दुर्घटनामा परेको हो ।
विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरुमा विमान बंकरमा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा भएर खाल्डोमा खसेको जिकिर गरे ।
उनले भने, ‘जहाज पहिले नै भुइँमा हिट भइसकेको थियो होला त्यसपछि भित्तामा ठोक्किएर भइसकेपछि जहाजमा आगलागी भयो, घिस्रिने क्रममा जहाजको ककपिट एयर डाइनेस्टीको कन्टेनरमा ठोकियो । कन्टेनरलाई घिसारेर तल पुर्यायो । जहाजको एक भाग यसैमा अड्कियो । अर्को भाग उछिट्टिएर अझै पर पुग्यो । दुवै ठाउँमा ठुलो आगलागी भयो, केही बाच्ने अवस्था थिएन तर पाइलट भाग्यले बाँचे । ’
साथै उनले यस्ता घटनाहरूमा सरकारले ध्यान दिनुपर्ने बताए । समयमै उद्धार भए पनि सरकार यस्ता घटनामा जहिले कमजोर रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै