ओलम्पिकमा पाँच खेलाडी पठाउँदा तीन पदक !
काठमाडौँ । ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको राजधानी पेरिसमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा विभिन्न राष्ट्रका १० हजार सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन् ।
यसपटक ओलम्पिकमा सबैभन्दा कम खेलाडी सहभागी गराउने राष्ट्रमध्ये सन मारिनो पनि एक हो । सन मारिनोले पेरिस ओलम्पिकमा आफ्ना पाँच खेलाडीमात्र सहभागी गराउँदै छ ।
सन मारिनो विश्वकै सबैभन्दा सानो देशमध्ये एक हो । सन् २०२२ को विश्व बैंकको प्रतिवेदन अनुसार, सन मारिनोको कुल जनसङ्ख्या करिब ३३ हजार ६ सय ६० रहेको छ ।
यसअघि जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुदमा पनि सन मारिनोले ऐतिहासिक प्रदर्शन गरेको थियो । टोकियो ओलम्पिकमा पनि सन मारिनोले पाँचजना खेलाडीमात्र सहभागी गराएको थियो ।
रमाइलो पक्ष त के हो भने, टोकियो ओलम्पिकमा सन मारिनोले केवल पाँच खेलाडी सहभागी गराउँदा तीन खेलाडीले पदक जितेका थिए । सन मारिनोका खेलाडीले एक रजत र दुई कांस्य जितेका छन् ।
टोकियो ओलम्पिकमा सान मारिनोका लागि शुटिङ खेलाडी एलेस्यान्ड्रा पेरिली र गियान मार्को बेरटीले तथा कुश्तीमा माइल्स अमाइनले पदक जितेका थिए । सन मारिनोले पेरिस ओलम्पिकमा पनि पदक जित्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण