ओलम्पिकमा पाँच खेलाडी पठाउँदा तीन पदक !

काठमाडौँ । ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको राजधानी पेरिसमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा विभिन्न राष्ट्रका १० हजार सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन् ।
यसपटक ओलम्पिकमा सबैभन्दा कम खेलाडी सहभागी गराउने राष्ट्रमध्ये सन मारिनो पनि एक हो । सन मारिनोले पेरिस ओलम्पिकमा आफ्ना पाँच खेलाडीमात्र सहभागी गराउँदै छ ।
सन मारिनो विश्वकै सबैभन्दा सानो देशमध्ये एक हो । सन् २०२२ को विश्व बैंकको प्रतिवेदन अनुसार, सन मारिनोको कुल जनसङ्ख्या करिब ३३ हजार ६ सय ६० रहेको छ ।
यसअघि जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुदमा पनि सन मारिनोले ऐतिहासिक प्रदर्शन गरेको थियो । टोकियो ओलम्पिकमा पनि सन मारिनोले पाँचजना खेलाडीमात्र सहभागी गराएको थियो ।
रमाइलो पक्ष त के हो भने, टोकियो ओलम्पिकमा सन मारिनोले केवल पाँच खेलाडी सहभागी गराउँदा तीन खेलाडीले पदक जितेका थिए । सन मारिनोका खेलाडीले एक रजत र दुई कांस्य जितेका छन् ।
टोकियो ओलम्पिकमा सान मारिनोका लागि शुटिङ खेलाडी एलेस्यान्ड्रा पेरिली र गियान मार्को बेरटीले तथा कुश्तीमा माइल्स अमाइनले पदक जितेका थिए । सन मारिनोले पेरिस ओलम्पिकमा पनि पदक जित्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु