स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ
बिहीबार, १० साउन २०८१, ०८ : ४०
तनहुँ । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो ।
काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
-
भवन र शय्या हुनु मात्रै बर्न उपचारको सुनिश्चितता होइन : खुश्बु ओली
-
मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण