युरो खेल्ने ७ देशलाई यूईएफएको कारबाही

काठमाडौँ । युरोपेली नियामक निकाय (यूईएफए) ले युरो २०२४ मा प्रतिस्पर्धा गर्ने २४ मध्ये सात देशलाई आफ्ना फ्यानले जातिवादी वा भेदभावपूर्ण व्यवहार गरेको भन्दै कारबाही गरेको छ । सर्बियाली, क्रोएसियाली, रोमानियाली, स्लोभेनियाली, अस्ट्रियन, हंगेरी र अल्बेनियन फुटबल संघहरू सबैलाई जरिवाना गरेको हो।
यसमा क्रोएसियालाई ५० हजार युरो जरिवाना र अर्को यूईएफए अवे खेल (पोर्चुगलमा ५ सेप्टेम्बरमा नेसन्स लिग खेल) को टिकट बेच्न प्रतिबन्ध लगाउनेदेखि अस्ट्रियालाई २० हजार युरो जरिवाना र अर्को यूईएफए अवे खेलको टिकट बेच्नमा प्रतिबन्ध रहेको छ । त्यस्तै दुई वर्षको लागि निलम्बन पनि कारबाहीमा समवेश छ ।
स्लोभेनिया, रोमानिया, क्रोएशिया र सर्बिया समावेश तीन खेलहरूसहित कुल १७ खेलहरू प्रभावित भएका थिए। जिब्राल्टरको बारेमा आपत्तिजनक गीत गाएपछि युईएफएले स्पेनका खेलाडी रोड्री र अल्भारो मोराटालाई ‘आचारका आधारभूत नियमहरू’ उल्लङ्घन गरेकोमा कारबाही गरेको एक दिनपछि यो कदम आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा
-
भिजिट भिसा प्रकरणमा रास्वपाको बटमलाइन : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीले जवाफ
-
राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन गरिँदै
-
पर्सामा एक कामदारको मृत्यु
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा सम्बन्धी विधेयक बहुमतबाट पारित