युरो खेल्ने ७ देशलाई यूईएफएको कारबाही
काठमाडौँ । युरोपेली नियामक निकाय (यूईएफए) ले युरो २०२४ मा प्रतिस्पर्धा गर्ने २४ मध्ये सात देशलाई आफ्ना फ्यानले जातिवादी वा भेदभावपूर्ण व्यवहार गरेको भन्दै कारबाही गरेको छ । सर्बियाली, क्रोएसियाली, रोमानियाली, स्लोभेनियाली, अस्ट्रियन, हंगेरी र अल्बेनियन फुटबल संघहरू सबैलाई जरिवाना गरेको हो।
यसमा क्रोएसियालाई ५० हजार युरो जरिवाना र अर्को यूईएफए अवे खेल (पोर्चुगलमा ५ सेप्टेम्बरमा नेसन्स लिग खेल) को टिकट बेच्न प्रतिबन्ध लगाउनेदेखि अस्ट्रियालाई २० हजार युरो जरिवाना र अर्को यूईएफए अवे खेलको टिकट बेच्नमा प्रतिबन्ध रहेको छ । त्यस्तै दुई वर्षको लागि निलम्बन पनि कारबाहीमा समवेश छ ।
स्लोभेनिया, रोमानिया, क्रोएशिया र सर्बिया समावेश तीन खेलहरूसहित कुल १७ खेलहरू प्रभावित भएका थिए। जिब्राल्टरको बारेमा आपत्तिजनक गीत गाएपछि युईएफएले स्पेनका खेलाडी रोड्री र अल्भारो मोराटालाई ‘आचारका आधारभूत नियमहरू’ उल्लङ्घन गरेकोमा कारबाही गरेको एक दिनपछि यो कदम आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण