भाजपाका कोषाध्यक्ष अग्रवाल नेपाल आउँदै
बिहीबार, १० साउन २०८१, १५ : २६
काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल आउँदै छन् । कोषाध्यक्ष अग्रवालको यो नेपालको निजी भ्रमण भए पनि यहाँ उच्चस्तरीय भेटघाटको पनि कार्यक्रम रहेको बताइएको छ ।
नेपालमा भाजपा निकट रहेर काम गर्दै आएका एक स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल सत्ता पक्ष र विपक्षी दलका केही शीर्ष नेतासँग भेटघाट गर्नुका साथै केही मन्त्रीसँग पनि भेटघाटको कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण