महोत्तरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ
बिहीबार, १० साउन २०८१, ११ : ०४
महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०/८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फर्स्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फस्र्यौट भएका छन् । अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबार बताउँछन् ।
सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उनले बताए । कानुनी सीमाका कारण धेरै मुद्दामा निर्णायक छलफल नै हुन नसकेको उनको कथन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण