के तपाईंलाई थाहा छ ?
पति चर्चित क्रिकेटर, पत्नी ओलम्पिक स्वर्ण विजेता
बिहीबार, १० साउन २०८१, १२ : ०९
काठमाडौँ । ओलम्पिक खेलकुदको पछिल्लो संस्करण शुक्रबारदेखि पेरिसमा सुरु हुँदैछ । तर, यसपटक ओलम्पिकमा प्रभावशाली अस्ट्रेलियन पौडीबाज म्याडिसन विल्सन भने सहभागी हुने छैनन् ।
उनी अस्ट्रेलियाकी चर्चित पौडी खेलाडी हुन् । उनले यसअघि ओलम्पिकमा दुईवटा स्वर्ण पदक जितिसकेकी छन् । गर्भवती भएकाले उनले पेरिस ओलम्पिकमा सहभागिता नजनाएकी हुन् ।
विल्सन ब्याकस्ट्रोक र फ्रिस्टायल स्पर्धामा प्रभावशाली खेलाडी हुन् । उनले सन् २०१६ मा सम्पन्न रियो ओलम्पिकमा पनि स्वर्ण र रजत पदक जितेकी थिइन् ।
खासमा, विल्सन चर्चित अस्ट्रेलियन क्रिकेट खेलाडी म्याथ्यू सर्टकी पत्नी हुन् ।
म्याथ्यू सर्ट अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर हुन् । उनले पञ्जाब किङ्सबाट इन्डियन प्रिमियर लिग पनि खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण