काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि, एक जना सम्पर्कविहीन
बिहीबार, १० साउन २०८१, १७ : ५३
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले बताएका छन् ।
उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका– १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि एक साता पहिला अस्पताल ल्याइएको थियो ।
उनीहरूमध्ये एक जना १६ वर्षीय बालक टेकु अस्पतालमा उपचाररत छन् । उनलाई बिहीबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
यस्तै एक जनालाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको उपचार जारी छ ।
टेकु अस्पतालमा उपचाररत अर्का २ जना भने भागेका छन् । उनीहरूमध्ये १ जनामा हैजा पुष्टि भएको छ भने अर्का एक जनाको रपोर्ट आउन बाँकी रहेको बसौलाले बताए । हैजा पुष्टि भएका बालक सम्पर्कविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण