एक तोला सुन बेच्दा उपभोक्तालाई ११ हजार ६०० घाटा !
काठमाडौँ । सुन खरिद बिक्रीमा व्यवसायीहरूले संस्थागतरुपमै उपभोक्तालाई मार पर्नेगरी कार्य गर्दै आएको पाइएको छ। सुन बेच्दा जर्तीको नाममा रकम असुल गर्ने र ग्राहकसँग किन्दा पनि फेरि जर्तीको नाममा रकम कटौती गरेर व्यवसायीहरूले उपभोक्तालाई मार पर्नेगरी कार्य आएका हुन् ।
संस्थागत रूपमै सुनचाँदीसँग सम्बन्धित सङ्घहरूले यसरी मूल्य निर्धारण गर्ने गरेको पाइएको हो । बिहीबार काठमाडौँ सुन तथा चाँदी डिलर एसोसिएसनले आफ्नो सूचनापार्टीमा यस्तै सूचना खुलेआम रूपमा राखेको देखियो ।
उक्त एसोसिएसनले सुनको बिक्री मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको जनायो भने खरिद मूल्यचाहिँ १ लाख ३३ हजार ४०० रुपैयाँमात्रै कायम गर्यो । पछिल्लो समय जर्तीको नाममा हुने अपारदर्शी व्यापार अन्त्य हुनुपर्ने आवाज समेत उठिरहेको बेला एसोसिएसनले यसरी ग्राहकलाई एक तोला सुन खरिदबिक्रीमै ११ हजार ६०० रुपैयाँ फरक पर्नेगरी मूल्य निर्धारण गरेको हो ।
व्यवसायी नरेन्द्र गुप्ता काठमाडौँ सुनचाँदी व्यवसायी एसोसिएसन(संघ) को यो सूचना गलत भएको बताउँछन् । आफ्नो गहना फिर्ता (बेच्दा) उपभोक्तालाई तोलामा ११ हजार भन्दा ६०० कम दिने गरी मूल्य निर्धारण गरिँदा ग्राहकलाई ठुलो घाटा हुने उनी बताउँछन् । ‘यस्तो उपभोक्ता मारा खरिद मूल्य निर्धारण गैरकानुनी हो’, उनले भने, ‘नेपाल राष्ट्र बैंकको नियमानुसार खरिद र बिक्री मूल्यमा जम्मा १ प्रतिशत भनेको तोलामा १४५० कटाउने हो।’
गहना बेच्ने बेला १० प्रतिशत जर्ती कट्टा र किन्दा तोलामा ११००० कम दिँदा उपभोक्ताले गहना खरिद बिक्री गर्दा कुल २५ हजार ५०० हाराहारी नोक्सानी बेहोर्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।
तर, आफू संलग्न रिद्धि सिद्धि ज्वेलर्सले गहना किन्दा र बेच्दा कुनैपनि जर्ती बापत वा अन्य बहानामा उपभोक्तासँग गैरकानुनी रूपमा शुल्क नअसुल्ने उनको भनाइ छ । उनले रिद्धि सिद्धिले ७ प्रतिशत ज्यालामात्रै लिएर गहना बेचिरहेको जानकारी दिए । ग्राहकको गहना किन्ने भाउ निर्धारण गर्ने काठमाडौँ सुन तथा चाँदी डिलर एसोसिएसनका अधिकारीहरू भने यसबारे बोल्न चाहेनन् । तर, अर्का एक व्यवसायीले भने सुनचाँदी व्यवसायमा विभिन्न बेथिति रहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण