ग्लोबल टी–२० : सन्दीपको भनकौभरलाई रोहितको टोली टोरन्टोले हरायो
काठमाडौँ । ग्लोबल टी-२० खेलमा भनकौभर नाइटलाई टोरन्टो नेसन्सले पराजित गरेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने समावेश टोली भनकौभर नाइटलाई नेपालका कप्तान रोहित पौडेल सम्मिलित टोली टोरन्टो नेसन्सले पराजित गरेको हो ।
सन्दीपले ब्याटिङतर्फ १५ रन बनाउँदा पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिए पनि हारलाई टार्न सकेनन् । खेलमा नाइटका लागि सन्दीप र पउल भान मेकरनले समान १–१ विकेट लिनु बाहेक अन्य खेलाडीले विकेट लिन सकेनन्।
टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली नाइट्सले १९.३ ओभरमा अलआउट हुँदै १ सय १० रन बनायो। उसका लागि मुनिर अहमेद र रिजा ह्यान्ड्रिचले सर्वाधिक समान२३–२३ रन बनाए । ड्वानी प्रिटोरियसले १६ रन र सन्दीप लामिछानेले १५ रन बनाउँदा युवराज शर्मा १४ रनमा नटआउट रहे। सन्दीपले ९ बलमा ३ चौका प्रहार गरेका थिए।
नेशन्सका लागि जुनाइ सिद्दकीले ४ विकेट लिँदा मुहम्मद रोहित र सादबिन जफारले समान २–२ विकेट लिए। १ सय ११ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको टोरन्टो नेसन्सले १४.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
नेपालका कप्तान पौडेल र सन्दीपको टोलीमा नै रहेका दीपेन्द्रसिंह ऐरी भने पहिलो खेलमा टोलीमा सहभागी हुन पाएनन्। भिसा ढिलाइका कारण उनीहरू बिहीबार राति मात्र क्यानडा प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण