किन रोइन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ?
ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना एउटा रेल स्टेसनमा सुकसुकाउँदै रोएको फोटो सार्वजनिक भएको छ । सरकार विरोधी प्रदर्शनमा रेल स्टेसन ध्वस्त भएपछि उनी रोइकी थिइन् । उनको यो रुबाईलाई धेरैले ‘गोहीको आँसु’ भनेर टिप्पणी गरेका छन् ।
सरकारी क्षेत्रका जागिरमा स्वतन्त्रता सेनानीका सन्तानलाई अरक्षण दिइने व्यवस्थाको विरोधमा देशभरमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरू बिच भएका झडपमा बङ्गलादेशमा हालै कम्तीमा पनि १५० जनाको मृत्यु भएको थियो ।
सुरक्षा बलले अत्यधिक बल प्रयोग गर्दा उच्च सङ्ख्यामा विद्यार्थीको मृत्यु भएको थियो । मारिनेमा केही प्रहरीहरू पनि छन् । प्रदर्शनकारीहरूले आरक्षण खारेज गर्न सरकारसँग माग गरिरहेका छन् ।
यहीबीच मेट्रो स्टेसन ध्वस्त भएको देखेर उनी रोएको समाचारमा उल्लेख छ । निटिजनहरूले विरोध प्रदर्शनमा मृत्यु भएका विद्यार्थी र तिनका परिवारप्रति यहीस्तरको समवेदना नदेखाएको आरोप हसिनामाथि लगाएका छन् । बिहिबार मिरपुर शहरमा मेट्रो रेल स्टेसनमा भएको क्षति हेर्न हसिना त्यहाँ पुगेको बेलामा सो फोटो खिचिएको थियो ।
स्टेसनमा टिकट भेन्डिङ मेशिन र सिग्न नियन्त्रण स्टेसन ध्वस्त भएका छन् । फोटोमा हसिना रिसाएकी अनि टिस्युले आफ्ना आँसु पुछिरहेको देखिन्छिन् । ‘कस्तो खालको मानसिकताले सर्वसाधारणको जीवन सहज बनाइरहेको सुविधालाई ध्वस्त पार्न प्रेरित गर्यो ? ढाका सहर ट्राफिक जामले भरिएको छ । मेट्रो रेलले केही भए पनि राहत दिइरहेको थियो । आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको यातायात सुविधामाथि तोडफोड म कदापि सहन सक्दिन,’ हसिनाको भनाई उद्धृत गर्दै स्थानीय दैनिक पत्रिका द बिजनेश स्ट्यान्डर्डले समाचारमा छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण