भारत नवौँ पटक महिला एसिया कपको फाइनलमा
शुक्रबार, ११ साउन २०८१, १८ : ५३
दम्बुला । बंगलादेशलाई हराउँदै भारतीय टोली नवौँ पटक महिला एसिया कपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो ।
बंगलादेशले प्रस्तुत गरेको ८१ रनको झिनो लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई ११ ओभरमा पछ्यायो । भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ५५ रन बनाइन् । शेफाली वर्माले २८ बलमा २६ रनको इनिङ खेलिन् ।
यसअघि बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन बनाएको थियो । बंगलादेशका लागि निगार सुल्तानाले ३२ र शोर्ना अख्तरले अविजित १९ रन बनाएकी थिइन् ।
अन्य सात ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । भारतीय बलर रेणुका सिंह र स्पिनर राधा यादवले ३–३ विकेट लिए । पुजा वस्त्राकार र दिप्ती शर्माले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण