नारायणको ‘तिमिलाई नै’मा यसराज र प्रतीक्षा
शनिबार, १२ साउन २०८१, ०८ : ०३

काठमाडौँ । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक नारायण थापाको स्वर तथा सङ्गीत रहेको आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ । गीतको शब्द पत्रकार डब्बु क्षेत्रीले कोरेका हुन् ।
गीतको भिडियोमा कलाकार यसराज गराच र प्रतीक्षा काफ्लेको अभिनय छ । भिडियोमा कृष्ण रसालको कोरियोग्राफर, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रवीण सुवेदीको छायाङ्कन छ ।
भिडियो निर्देशन पत्रकार डब्बु क्षेत्रीले गरेका हुन् ।