वामदेव गौतमको प्रस्ताव : एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने अभियान थालौँ
काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव राखेका हुन् ।
नेता गौतमले मुलुकलाई शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने प्रस्ताव आफूले राख्नु परेको उनको भनाई थियो । पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका कम्युनिस्ट पार्टीका नेताहरू सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिस्ट पार्टीहरू फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले केही कम्युनिस्ट पार्टीहरूबिच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिस्ट पार्टीहरूबिच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।
संयोजक गौतमले भने, ‘मेरो अनुरोध के छ भने फेरि पनि कम्युनिस्ट पार्टीहरू एकताबद्ध गरौँ । पुष्पलालको जन्म शताब्दी समारोह आयोजना गर्नुको एउटा मुख्य कर्तव्य प्रस्ताव पारित होस् यहाँबाट ।’
भएको पार्टी फुट्दै जाने अनि कसरी क्रान्ति हुन्छ उनले प्रश्न समेत गरे । गौतमले भने, ‘त्यसो भएर म यहाँ प्रस्ताव राख्छु–तपाईंहरुलाई मञ्जुर छ भने अलिखेर तपाईंहरुले उठेर नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नको निम्ति हामीले आज पुष्पलाल प्रतिष्ठानबाट आयोजना गरिएको यो जन्म शताब्दी कार्यक्रममा एउटा प्रस्ताव पारित गरौँ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नेछौँ । र एउटै कम्युनिस्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौँ भनेर एउटा प्रस्ताव तपाईंहरुले पारित गरिदिनुस् ।’
संयोजक गौतमले कम्युनिस्ट पार्टीका नेताहरू जस्तोसुकै मतभेद भएको बेला पनि मिलेर हिँड्ने गरेको भन्दै अब सँगै मिलेर समाजवाद निर्माणका लागि अघि बढ्नुपर्ने बताए । मुलुक बरबादीको दिशामा जाने भएकाले पनि सबै कम्युनिस्ट पार्टीहरूले मिलेर मुलुकलाई जोगाउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण