सोमबार संसदीय सुनुवाइ समिति बैठक : कृष्णमान प्रधानबारे निर्णय हुने

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक यही साउन १४ गते सोमबारका लागि बोलाइएको छ । बिहान साढे ११ बजे सिंहदरबारमा समितिको बैठक बोलाइएको समिति सचिव एवं संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
सो बैठकमा निर्वाचन आयुक्तका लागि सिफारिस भएका निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने बारे निर्णय हुनेछ । गत साउन ९ गते प्रधानमाथि सिंहदरबारमा संसदीय सुनुवाइ भएको थियो । सो क्रममा उनले आफू निर्वाचन आयुक्तमा नियुक्त भएमा गर्ने कार्य योजनाहरू प्रस्तुत गरेका थिए भने सांसदहरूले उनीमाथि परेको उजुरी र आरोपबारे जिज्ञासा राखेका थिए ।
समितिले ‘उजुरी नम्बर ४’ नाम दिएकी महिलाले आफूलाई विगत ६ वर्षदेखि प्रधानले यौन शोषण गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन । यस्तै अन्य ३ जनाले पनि उनको विषयलाई लिएर उजुरी दिएका थिए ।
बुधबार बसेको बैठकमा सांसदहरूले उनले प्रस्तुत गरेको कार्ययोजना राम्रो भए पनि राज्यको उच्च तहको जिम्मेवारी दिनका लागि उच्च नैतिक चरित्रको आवश्यक पर्ने तर ‘उजुरी नम्बर ४’ले को उजुरी र पेस गरेको प्रमाणका आधारमा उनको नैतिकता कमजोर रहेको विषय उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू
-
हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो
-
दुई बुँदे सहमतिलाई लिएर माओवादीमा फरक फरक धारणा