‘मौद्रिक नीति निर्माण क्षेत्रका लागि कोशेढुङ्गा’
काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले निर्माण क्षेत्रमा कोशेढुङ्गा साबित हुने जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग परिषद्ले सङ्कटग्रस्त रहेको निर्माण व्यवसाय पुन सुचारु हुनको लागि नीतिले कोशेढुङ्गा साबित हुने जनाएको हो ।
‘निर्माण क्षेत्र विगत आवदेखि सम्पन्न गरी सकेका आयोजनाको भुक्तानी राज्यको तर्फबाट हुन नसकेको कारण बैंकबाट लिएका कर्जा एवं निर्माण उपकरण तथा निर्माण सामाग्रीहरूको भुक्तानी आयोजनाबाट भुक्तानी भएपश्चात् सम्बन्धितले पाउने गरी दिएको चेक तथा जमानत जफत गरी कालो सूचीमा र प्रहरी धरपकड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई आर्थिक वर्ष २०८१/८२ को नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले सङ्कटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सुचारु हुनको लागि यो मौद्रिक नीति कोसेढुङ्गा साबित हुने हाम्रो विश्वास छ । नेपाल निर्माण उद्योग परिषद्ले प्रेस विज्ञप्ति लेख्दै भनेको छ । ’
साथै उद्योग परिषद्ले मौद्रिक नीति मार्फत जारी भएका सबै व्यवस्थाहरूले निर्माण उद्योग क्षेत्र मात्र नभई समग्र वित्तीय क्षेत्रमा सङ्कट मुक्त हुनेसमेत आश्वासन लिएको जनाएको छ ।
‘मौद्रिक नीतिमार्फत जारी भएका यी सबै व्यवस्थाहरूले निर्माण उद्योग क्षेत्र मात्र नभएर समग्र वित्तीय क्षेत्र र आर्थिक क्षेत्र समेत सङ्कट मुक्त भई व्यवसाय गर्ने वातावरण सहज हुन जाने हाम्रो बुझाई छ, ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै निर्माण उद्योग परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारको निर्देशनमा नेपाल राष्ट्र बैकले यो मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरू सम्बोधन भएकोमा धन्यवाद व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण