दुवै हात नभएका गणेशलाई प्रधानमन्त्रीको सचिवालयमा ल्याइयो, ओलीसँग तेस्रो सहकार्य
काठमाडौँ । दुवै हात नभएका खोटाङ काउलेका गणेश राईलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयमा राखेका छन् । तेस्रो पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि ओलीले खोजी गरेर आफ्नो सचिवालयमा राखेका हुन् ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा राईलाई भेटेको ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘दुवै हातको कुहिनो भन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो’, ओलीले फेसबुकमा लेखेका छन्, ‘त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर सुरु भयो। । दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे।’
तर यस पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि आफूले उनलाई खोजेको ओलीको भनाइ छ ।
‘अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ। अब गणेश मसँगै काम गर्ने भएका छन्। उनलाई मेरो तर्फबाट शुभकामना’, ओलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण