दुवै हात नभएका गणेशलाई प्रधानमन्त्रीको सचिवालयमा ल्याइयो, ओलीसँग तेस्रो सहकार्य

काठमाडौँ । दुवै हात नभएका खोटाङ काउलेका गणेश राईलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयमा राखेका छन् । तेस्रो पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि ओलीले खोजी गरेर आफ्नो सचिवालयमा राखेका हुन् ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा राईलाई भेटेको ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘दुवै हातको कुहिनो भन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो’, ओलीले फेसबुकमा लेखेका छन्, ‘त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर सुरु भयो। । दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे।’
तर यस पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि आफूले उनलाई खोजेको ओलीको भनाइ छ ।
‘अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ। अब गणेश मसँगै काम गर्ने भएका छन्। उनलाई मेरो तर्फबाट शुभकामना’, ओलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक
-
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
-
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु