पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित
शनिबार, १२ साउन २०८१, २२ : ३३
काठमाडौँ । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् । पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् ।
पहिलो सेटमा १०–१२ ले पराजित भएका उनी त्यसपछि ३–११, ४–११ र ५–११ ले पराजित हुन पुगे । श्यान्टुले यसअघि नेपालमै भएको दक्षिण एसियाली छनोटको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।
छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ मा सहभगिता जनाउने उनी एक्लो खेलाडी हुन् । समग्रमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि सङ्गिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण