ललितपुरको खोड्कु खोलाको जलसतह सतर्कता तहभन्दा माथि
आइतबार, १३ साउन २०८१, ०६ : ३८
काठमाडौँ । देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ ।
जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
त्यस्तै, काठमाडौंको बुढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।
विभागले आज बिहान ४ः३० बजे गरेको मापन अनुसार पछिल्लो तीन घण्टामा लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण