महिला एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का भिड्ने
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलङ्का र भारत भिड्ने भएका छन् ।
दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलङ्काले भारतसँगको फाइनल भेट पक्का गरेको थियो ।
भारत र श्रीलङ्काको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदै छ ।
भारत महिला एसिया कपको फाइनलमा नवौँ पटक पुगेको हो । पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलङ्काले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलङ्काले फाइनल खेल्न लागेका हुन् ।
आयोजक श्रीलङ्का घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण