ग्लोबल टी–२० क्यानडामा कस्तो रह्यो रोहितको प्रदर्शन ?
आइतबार, १३ साउन २०८१, ११ : १७
ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा नेपाली राष्ट्रिय टोलीका कप्तान राहितकुमार पौडेलको टोली टोरोन्टो नेसनल विजयी भएको छ । शनिबार भएको खेलमा टोलीले ब्राम्पटन वूल्भ्सलाई ८ विकेटले पराजित गरेको हो ।
ब्राम्पटनले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य टोरोन्टोले मात्र १३.२ ओभरमा मात्र २ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । टोरोन्टोका लागि उन्मुक्त चन्दले अर्धशतकीय इनिङ्स खेले उनले ४० बलमा ५३ रन जोड्दै टोलीलाई सहज जित दिलाए ।
खेलमा पौडेलले ब्याटिङ गर्न पाएनन् । यसअघि उनले बलिङ नगरे पनि उत्कृष्ट फिल्डिङ गरेका थिए । उनले एरोन जोन्सोनलाई रनआउट गर्न महत्त्वपूर्ण भूमिका खेले भने अखिल कुमारलाई क्याच आउट गरेका थिए ।
टोरोन्टो लगातार दोस्रो जित हासिल गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण